विश्वमा बढी प्रदूषण हुने देशमा नेपालको नाम दर्ज, नेपाल छैठौं स्थानमा
काठमाडौं । विश्वका अन्य धेरै देशहरुले विभिन्न उपलव्धिमूल्क एवं विकासमूलक गतिविधिमा अग्रपंक्तिमा आफ्नो नाम स्वर्णीम अक्षरमा लेखाईरहेका छन् । तर हाम्रो देश नेपाल कहिले हवाई उड्डयनका क्षेत्रमा सवैभन्दा खतरा देशको रुपमा विश्वको तथ्यांकमा दर्ज हुन्छ त कहिले सवैभन्दा बढि प्रदुषण हुने देशको रुपमा । हो हाम्रो देश नेपाल धेरै भन्दा धेरै प्रदूषण हुने देशमा छैठौं स्थानमा परेको छ । ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार बंगलादेश र सोमालिया प्रदूषणबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।
यस्तै चाड, नाइजर, भारत र नेपालमा प्रदूषणका कारण धेरैले ज्यान गुमाउने गरेका अध्ययनले देखाएको बिबिसीले जनाएको छ । अध्ययन अनुसार ६ जनामध्ये एक जनाको प्रदुषणका कारण ज्यान जाने गरेको छ । सन् २०१५ मा विश्वभर प्रदूषणसँग सम्बन्धित ९० लाख मानिसको अकालमा ज्यान गएको अध्ययनले देखाएको हो ।
यस्तै विश्वभर अल्पआयुमा नै मृत्युका घटनामध्ये ६० प्रतिशतको हकमा प्रदूषणसँग सम्बन्धित रोग जिम्मेवार रहेको अध्ययनले देखाएको छ । अकाल मृत्युका लागि पानीसँग सम्बन्धित प्रदूषणपछि वायु प्रदूषण दोस्रो ठूलो कारण भएको अनुसन्धानकर्ताले बताएका छन् । त्यसमध्ये नेपाल झनै जोखिममा रहेको छ ।