केपी ओली प्रचण्ड माधव नेपाल एमाले


को बन्ला मूख्य सचिव ? तीन बरिष्ठतम सचिवमध्ये कसको क्षमता कति ?

सहयात्रा टिभी

काठमाडौं । निजामती सेवाको सर्वोच्च पद मूख्य सचिव यही कार्तिक ७ गतेबाट वर्तमान मूख्य सचिव राजेन्द्रकिशोर क्षेत्री सेवा निवृत्त भएपछि रिक्त हुंदैछ । मूख्य सचिव क्षेत्रीको अवकाशसंगै सम्भवत सरकारले यसै हप्ता नै यो सर्वोच्च पदको बागडोर सम्हाल्ने नंया मूख्य सचिवको चयन गर्दैछ । निजामती सेवामा हाल कार्यरत करिव ६० जना विशिष्ट श्रेणीका पदाधिकारीहरुमध्ये जेष्ठता र कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद्ले मूख्यसचिव नियुक्ति गर्ने प्रावधान निजामती सेवा ऐन, २०४९ मा रहेको छ । निजामती सेवाको यो पदको हकदारको रुपमा हाल कार्यरत सचिवहरुमध्ये तीन बरिष्ठतम सचिवहरुले आ-आफ्नो पक्षमा निर्णय गराउन लविङ शुरु गरेका छन ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिवहरु ङइन्द्रप्रसाद उपाध्याय र शंकरप्रसाद अधिकारी र गृह मन्त्रालयमा कार्यरत सचिव लोकदर्शन रेग्मीविच तीव्र प्रतिष्पर्धा देखिएको छ । क्षेत्रीय प्रशासक हुंदै भूमिसुधार मन्त्रालयको सचिव, अर्थ मन्त्रालयको सचिव र हाल गृह मन्त्रालयको सचिव पदमा कार्यरत रेग्मी जुनसुकै शक्ति केन्द्रलाई पनि रिझाउन सक्ने र आफू महत्वपूर्ण मन्त्रालयको सचिवमा सरुवा भई कार्यरत रहन सफल भएतापनि राम्रो प्रभाव भने छोड्न नसकेका सचिवका रुपमा चिनिन्छन् । साथै महत्वपूर्ण र अति आवश्यक समयमा सम्पर्कमा नरहने हुंदा काममा समन्वय गर्न कठिनाई हुने जानकारहरु वताउछन् ।

त्यस्तै, शंकर अधिकारी भद्र, मिलनसार देखिने तर निर्णय क्षमता भने कमजोर भएका सचिवको रुपमा रहेको यिनका पूर्व सुपरिवेक्षकहरु वताउंछन । अर्का प्रतिष्पर्धी सचिव उपाध्याय क्षेत्रीय प्रशासक हुंदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामान्य प्रशासन मन्त्रालय, वाणिज्य मन्त्रालय र हाल पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् । सचिव उपाध्याय विगतमा आफूलाई दिएको महत्वपूर्ण जिम्मेवारीसमेत कुशलतापूर्वक पुरा गर्न सफल भएका इमान्दार र अनुशासित राष्टसेवक रहेका छन् भन्ने पूर्व प्रशासकहरुको ठम्यांई छ । सचिव उपाध्याय समग्र मुलुकी प्रशासन र सुशासनको राम्रो ज्ञान भएका, कुटनैतिक अनुभव हांसिल गरेका कुशल समन्वयकर्ता, अर्थ, वाणिज्य र व्यापार क्षेत्रमा राम्रो ज्ञान भएका विवादरहित प्रशासकको रुपमा चिनिन्छन् तर यदाकदा उनले राष्ट्रहित भन्दा बाहिर नजाने अडानका साथ त्यस्ता राष्ट्र अहितका काममा खासै निर्णय नगर्ने गरेको भनि यिनलाई पनि निर्णय क्षमता कमजोर भएका सचिव भनेर आरोप भने लगाउने गरेको सुनिन्छ ।

यी तीन वरिष्ठतम सचिवहरु मिति २०७०।४।६ गते एकैपटक सचिव पदमा बढुवा भएका हुन् भने उपाध्याय ०६९ माघदेखि नै कायममुकायम सचिव पदमा बढुवा भई कार्यरत रहेकोले वरिष्ठताको आधारमा सवै भन्दा वरिष्ठ देखिन्छन् । मुलुक संविधान कार्यान्वयन र रुपान्तरणको प्रकृयामा रहेको वर्तमान संक्रमणकालीन अवस्थामा संघीय शासन प्रणाली अनुकुल प्रशासनिक संरचनाहरुको परिवर्तन एकातिर आवश्यक रहेको छ भने अर्कोतर्फ परिवर्तित परिस्थिती अनुकुल नीति तर्जुमा, ऐन कानूनहरुको निर्माण र कार्यान्वयनका साथै जनअपेक्षा अनुरुप चुस्त दुरुस्त सेवाप्रवाह अपरिहार्य भएको छ ।

यी तमाम चीजको व्यवस्थापन निजामती सेवाले गर्नुपर्ने भएकोले स्थायी सरकारको रुपमा रहेको निजामती सेवाको सर्वोच्च पद मूख्यसचिवको भूमिका अति नै महत्वपूर्ण हुन्छ । निजामती सेवामा कार्यरत करिव ८८ हजार कर्मचारीहरुलाई समयानुकुल उत्प्रेरित गर्दै सार्वजनिक प्रशासनको मूल्य मान्यतामा अविचलित राखी सेवाप्रवाहमा सवै कर्मचारीहरुलाई परिचालित गर्न र समग्र प्रशासन संयन्त्रलाई प्रभावकारी र क्रियात्मक बनाउन उपयुक्त नेतृत्व प्रदान गर्न सक्ने कुशल, सक्षम, इमान्दार, नैतिक आचरण बलियो रहेको र परिस्थिितीको विश्लेषण गरी समन्वय गर्न सक्ने मूख्य सचिव आजको आवश्यकता भएकोले सरकारले मूख्य सचिवको यो महत्वपूर्ण जिम्मेवारी दिंदा यी आधारहरुलाई लिई कसरी निर्णय गर्ला त्यो भने आगामी दिनको सरकारको निर्णयले देखाउने छ ।

प्रकाशित : 20 October, 2017

प्रतिक्रिया दिनुहोस्