केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पहिलो चरणको उम्मेदवारी दर्ता आज बिहान १० देखि अपराहृन ५ बजेम्म

सहयात्रा टिभी

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ । आगामी मंसिर १० गते हुने निर्वाचनका लागि आजवाट उम्मेदवारी दर्ता गर्न लागिएको हो । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखामा चुनाव हुँदैछ । यसैगरी पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा पनि पहिलो चरणमा निर्वाचन हुँदैछ ।

पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८ सय ७९ मतदाता छन् । पहिलो चरणको निर्वाचनको लागि ४ हजार ४ सय ६५ मतदान स्थल र २ हजार ९ सय ४६ मतदान केन्द्र छन् । मनोनयन दर्ताका लागि बिहान १० देखि अपराहृन ५ बजेम्म समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : 22 October, 2017

प्रतिक्रिया दिनुहोस्