केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाँचथरमा १३ दलका २९ उम्मेदवारको मनोनयन दर्ता

सहयात्रा टिभी

पाँचथर । प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर १० गते हुने चुनावका लागि आज पाँचथरमा १३ दलका २९ जना उम्मेद्धारले मनोनयन दर्ता गराएका छन् । आज बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म उत्साहजनक शान्तिपूर्ण ढंगले उम्मेद्धारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

प्रतिनिधिसभाका लागि ११ जना र प्रदेश सभाका लागि १८ जना उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेसले राप्रपाको समर्थनमा प्रतिनिधिसभाका लागि पार्टी केन्द्रीय सदस्य भिष्मराज आङ्देम्बे र प्रदेश सभाका लागि नरेन्द्रकुमार केरुङ र महासमिति सदस्य सुरेन्द्रकुमार दाहालको उम्मेदवारी दर्ता गराएको हो ।

त्यस्तै, बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि बसन्तकुमार नेम्बाङ र प्रदेश सभाका लागि गणेश काम्वाङको उम्मेदवारी दर्ता भएको छ । यस्तै एमालेको समर्थनमा माओवादी केन्द्रका मौसम लिम्बुले प्रदेश सभा ख बाट उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाका लागि संघीय लिम्बूवान मञ्च नेपालले सागर केरुङ र प्रदेशसभाका लागि हर्कजंघ लिङदेन र लावाहाङ चेम्जोङले उम्मेदवारी दर्ता गराएको छ । संघीय समाजवादी फोरमले प्रतिनिधिसभाका लागि प्रेमराज लावती र प्रदेश सभाका लागि बृखबहादुर वाइवा र एविराज आङ्देम्बेलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभाका लागि भगिरथ चेम्जोङ र प्रदेश सभा ख का लागि इच्छबहादुर चेम्जोङलाई उम्मेदवार बनाएको छ ।
यस्तै एकीकृत राप्रपा राष्ट्रवादीको तर्फबाट प्रतिनिधिसभाका लागि शान्ता सिगु र प्रदेशसभा क का लागि नेत्रा पोख्रेललाई उम्मेदवारी परेको छ ।
त्यस्तै, राप्रपा प्रजातान्त्रिकले प्रतिनिधिसभाका लागि राजकुमार जोशी र प्रदेश सभाका लागि कृष्णबहादुर योङहाङर सगुन सुन्दर लावतीलाई उम्मेदवार बनाएको छ । नयाँ शक्ति पार्टी नेपालले प्रतिनिधिसभाका लागि दिलबहादुर लावती र प्रदेशसभाका लागि खगेन्द्र लोवा र नगेन्द्रप्रसाद नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित : 22 October, 2017

प्रतिक्रिया दिनुहोस्