सिनेमाकर्मी राम मुखर्जीको निधन

सहयात्रा टिभी

मुम्बई । ८४ वर्षिय सिनेमाकर्मी राम मुखर्जीको आइतबार निधन भएको छ । राम मुखर्जी बलिउड अभिनेत्री रानी मुखर्जीका बुवा हुन् । ब्लड प्रेसर लो भएका कारण उनको ब्रिच क्यान्डी हस्पिटलमा निधन भएको हो ।

मुखर्जी मुम्बईको फिल्मालय स्टुडियोको संस्थापक सदस्य हुन् । उनी बलिउडमा निर्माता, सिनेमा लेखक र निर्देशकको रुपमा लामो समय काम गरेका थिए । उनले रानी मुखर्जीको बलिउड डेब्यु सिनेमा ‘राजाकी आएगी बारात’ सन् १९९७ मा निर्माण गरेका थिए ।

प्रकाशित : 23 October, 2017

प्रतिक्रिया दिनुहोस्