शिक्षा (नवौँ संशोधन) विधेयक प्रमाणीकरण
सहयात्रा टिभी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४’ प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
यससँगै अस्थायी शिक्षकहरुलाई प्रक्रिया पुर्याएर स्थायी गर्ने बाटो खुलेको छ । व्यवस्थापिका–संसदको बैठकबाट केही समयपहिले उक्त विधेयक पारित पनि भईसकेको थियो ।