केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जहाँ सुर्यास्त नै हुदैन !

सहयात्रा टिभी

सांसरिक रित नै हो दिनपछि रात हुन्छ, अनि रातपछि दिन हुन्छ । त्इसैले त रात गयो अग्रख पलायो भन्ने नेपाली उखाननै छ । सूर्य उदायपछि दिनको सुरुवात हुन्छ र सूर्य अस्ताएपछि रात पर्न सुरु गर्छ यो त हामीलाई थाहै छ । तर के तपाईंलाई थाहा छ, संसारमा यस्ता पनि देश छन् जहाँ सूर्य नै अस्ताउँदैन, अर्थात रात नै पर्दैन ।
यि देशहरुमा सूर्य नै अस्ताउदैनन्, सूर्य नअस्ताउने पाँच देश ः

१ नर्वेः
नर्वे पहाडले घेरिएको देश हो । यो देशमा मे महिनादेखि जुलाईसम्म लगभग ७६ दिनसम्म सूर्य अस्ताउँदैन् । यो देशलाई ‘ल्याण्ड अफ द मिड नाइट सन’ पनि भनिन्छ । यदि तपाईं लामो समयसम्म उज्यालोको मजा लिन चाहनुहुन्छ भने यो देशमा घुम्न जान सक्नुहुन्छ ।

२ आइसल्याण्डः
आइसल्याण्डमा पनि तपाईं आधा रातसम्म सूर्यको उज्यालोको मजा लिन सक्नुहुन्छ । यहाँका झरना, ज्वालामुखी, हिमनदीले र प्रकृतिको आकर्षक दृश्यले तपाईंको मन जित्नेछ । यहाँ १० मेदेखि जुलाईको अन्त्यसम्म सूर्य अस्ताउँदैन

३ स्विडेनः
स्विडेन एउटा यस्तो देश हो जहाँ तपाईं आधा रातमा पनि सूर्य देख्न सक्नुहुन्छ । यहाँ मे महिनाको सुरु देखि अगस्ट महिनाको आधासम्म राती सूर्य अस्ताउँदैन ।

४ क्यानडाः
क्यानडामा गर्मी मौसममा ५० दिनसम्म सूर्य अस्ताउँदैन । यहाँ पनि अँध्यारो हुनुपर्ने रात उज्यालो नै हुन्छ ।

५ फिनल्याण्डः
फिनल्याण्ड पनि एउटा यस्तो देश हो जहाँ गर्मी मौसममा ७३–७४ दिनसम्म सूर्य डुब्दैन । यो देशमा तपाईं स्किंग, साइक्लिङ, हाइकिङजस्ता गतिविधिसहित आनन्द लिन सकिन्छ ।

प्रकाशित : 24 October, 2017

प्रतिक्रिया दिनुहोस्