केपी ओली प्रचण्ड माधव नेपाल एमाले


३५ प्रतिशत जनताबीच ऊर्जा पुर्‍याउँछु : उपप्रधानमन्त्री थापा

सहयात्रा टिभी

काठमाडौ । उपप्रधानमन्त्री कमल थापाले मुलुकका ३५ प्रतिशत जनताको पहुँचमा ऊर्जा पुर्‍याउने बताउनु भएको छ । आज एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री थापाले मुलुकमा अहिले ऊर्जा शक्ति थप उत्पादन गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई ऊर्जा मन्त्रालयले आह्वान गरिसकेको जानकारी दिनु भयो ।

उर्जा पुग्न नसकेका जनताबीच ऊर्जा उपलब्ध गराउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासबाट कामको थालनी गर्न सम्बन्धित पदाधिकारीले चिन्तन गर्नुपर्ने उहाको भनाई थियो ।

सो अवसरमा बोल्दै ऊर्जा सचिव अनुप उपाध्यायले तराई क्षेत्रमा अवैध रुपमा विद्युत् चुहावट गर्ने प्रविधिलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनु भयो ।  अहिले चार अर्ब ५२ करोडको लागतमा कुलेखानी तेस्रो आयोजनाको निर्माण भइरहेको छ ।

प्रकाशित : 24 October, 2017

प्रतिक्रिया दिनुहोस्