केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज उम्मेदवारलाई चिह्न प्रदान गरिँदै

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली आज सार्वजनिक गर्ने भएको छ ।

आयोगले नामावली सार्वजनिक गरेसँगै आजै उम्मेदवारहरुलाई निर्वाचन चिह्नसमेत वितरण गर्ने छ । उम्मेदवारी दिएकाहरुमाथि परेका उजुरी छानबिन गरी आयोगले हिजो नामावली सार्वजनिक गरेको थियो ।

उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई आयोगले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ । त्यसपछि दिउँसो ३ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिने र साँझ ६ बजेसम्म सबै उम्मेदवारलाई निर्वाचन चिह्न दिइने आयोगले जनाएको छ ।

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभाका लागि ७४ सिटका लागि ५ गते उम्मेदवारी दर्ता भएको थियो । प्रतिनिधिसभाको ३७ सिटका लागि ३ सय २३ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी प्रदेशसभाको ७४ सिटका लागि ४ सय ८४ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : 25 October, 2017

प्रतिक्रिया दिनुहोस्