प्रत्यक्षतर्फ २ वटा मत छाप्ने कार्य प्रगति के भयो ? सर्वोच्च

सहयात्रा टिभी

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि प्रत्यक्षतर्फ छुट्टाछुट्टै मतपत्र छाप्ने वारेमा के भईरहेको छ, सो को कार्य प्रगति पेश गर्नका लार्गि निर्वाचन आयोगलाई आदेश दिएको छ । अगाडी प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा अलगअलग मतपत्र बनाउन माग गर्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएको थिएन । सर्वोच्चले प्रत्यक्षतर्फको चुनावका लागि छुट्टाछुट्टै मतपत्र छाप्ने बारेमा के भइरहेको छ भनेर सोका वारेमा आयोगसँग प्रगति विवरण मागेको हो ।

प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवलाई विपक्षी बनाउँदै राजपा नेता सर्वेन्द्रनाथ शुक्लाले दायर गरेको अदालतको अवहेलना रिटमा सुनुवाई गर्दै न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले यस्तो आदेश दिएको हो । यसर्थ, छुट्टाछुट्टै ऐन बमोजिम हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र छाप्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था रहेकोले पनि दुई वटा मतपत्र छाप्ने कार्यमा हालसम्म भएको प्रगति विवरण पेश गर्न सर्वोच्चले आयोगलाई आदेश दिएको हो ।

प्रकाशित : 25 October, 2017

प्रतिक्रिया दिनुहोस्