केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज छठ पर्वको चौथो दिन, मिथिलाञ्चलमा धुमधामसँग छठ पर्व मनाईँदै

सहयात्रा टिभी

धनुषा । मिथिलाञ्चलमा बिहीबार सूर्य देवता अर्थात दिननाथको पूजा आर्चना गरी धुमधामसँग छठ पर्व मनाईँदैछ । छठ पर्वको षष्टी आर्थात बिहीबार साँझ अस्ताउँदो सूर्य र शुक्रबार उदाउँदो सूर्यलाई अर्र्घ चढाएर छठ पर्व मनाउने परम्परा रहेको छ । यसरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि बिधिवत रुपमा छठ पर्व समापन हुने छ । अन्य समयमा दुई असमान जातजातिबीच छुवाछूत र लैंगिक भेदभाव देखिए पनि छठ मनाइने घाटमा यस्तो गरिँदैन । छठ पर्वको मूल विधि चतुर्थीदेखि सुरु भएर षष्ठीको दिन अस्ताउँदै गरेको सूर्य र सप्तमीको दिन बिहान उँदाउदै गरेको सूर्यको अर्घ दिइन्छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।

मिथिलाञ्चलका मुख्यतः मधेसी समुदायले महान् पर्वको रूपमा मनाउने छठको महिमाका कारण पछिल्लो समय पूर्वी तराई, मध्य तथा पश्चिमी तराई र राजधानीमा बसाइसराइ गरी आएका रैथाने मुस्लिम समुदायका सर्वसाधारणहरुले पनि छठ मनाउन थालेका छन् । सूर्य भगवानलाई अर्घ दिन जनकपुरलगायत मिथिलाञ्चलका अन्य ठाउँका नदी तलाउ , पोखरी, इनारलगायतको जलाशयको किनार एवं घाटहरुलाई विशेष रुपले दुलही झैँ सिंगारिएको छ । छठ पर्व हेर्न स्वदेशी तथा विदेशी पाहुनासँगै श्रद्धालुहरुको घाटहरुमा भिड लाग्ने गर्दछ ।

मिथिलाञ्चलमा पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै छठ पर्व श्रद्धापूर्वक मनाइन्छ । छठ पर्वको पहिलो दिन नुहाएर खाने , दोश्रो दिन प्रसादको रुपमा खीर ग्रहण गरी खरना गर्ने , तेश्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिइन्छ । अन्तिम दिनलाई पारन पनि भनिन्छ । यो दिन छठ पर्वमा चढाइएको प्रसाद एवं घरमा मिठोमिठो परिकारहरु बनाएर खाने र छठ पर्व नहुनेहरुलाई निमन्त्रणा गरी खुवाउने प्रचलन छ । त्यस्तै प्रसाद वितरण पनि गर्ने गरिन्छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको पौराणिक कथन अनुसार सोहि बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको धार्मिक जनविश्वास रहेको छ ।

यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हातीलगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा भुसुवा, ठकुवा, खाजा, उखु, हल्दी, अदुवा, विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाइन्छ । ४८ घन्टासम्म व्रतालुहरु पानी पनि नखाई यस पर्वमा उपवास बस्नु पर्छ । छठ पर्वका लागि अर्घको रुपमा तयार गरिने परिकारहरु अत्यन्तै निष्ठापूर्बक तयार गरिनुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

पर्वको विधि
पूर्वी, मध्य तथा पश्चिमी तराईका बासिन्दाले अस्वस्थ्य, निर्धनता र निःसन्तानबाट मुक्ति पाइने जनविश्वासमा छठ मिथिलाञ्चल बढी लोकप्रिय रहेको छठपर्व धुमधामका साथ मनाउदैछन् । सरल विधि, महत्वाकांक्षी भावना र छुवाछूतरहित भावनाले सामूहिक रूपमा मनाउनु पर्वको प्रमुख विशेषता हो । व्रतालु महिला र पुरुषले गत मंगलबार पर्ने चौथीका दिन नुहाइधुवाइ गरी पवित्र खानेकुरा खाएर बुधबार खरना अर्थात दूध, मिठ्ठा र चामलबाट निर्मित विशेष खीर र फलफूल व्रतालु र अन्य सदस्यले सेवन गर्नुपर्छ । यस व्रतमा सहभागी महिलाहरुले खीर पनि माटाकै भाँडोमा पकाउनुपर्छ । अर्को दिन अर्थात बिहीबार दिनभर निराहार व्रत बस्ने र बिहीबार साँंझ व्रतालुहरू स्थानीय जलाशय, नदी, खोला र पोखरीमा निर्माण गरिएको पूजास्थल ९घाट० मा गहुँ र चामलको पिठोबाट निर्मित ठकुवा, चामलकै पिठोबाट बनेको भुसुवा, केरा(सुन्तला, भोकटे, स्याउ, उखु, कूला, बेसार, अदुवा, मुला, धागो आदि प्रसादको रूपमा बाँसको चोयाबाट निर्मित विशेष प्रकारको भाँडा ९चंगेरा, डगरी र सुपती० मा सजाएर राख्ने चलन छ ।

सूर्यास्तछछि नै सबै सामग्री घाटमा पुर्‍याइसक्नुपर्ने नियम रहेको छ । मंगलबार साँझ ‘सझिया घाट’ अर्थात अस्ताउँदो सूर्य ९भास्कर० भगवानलाई हेरी ब्रत बस्नेहरूले पहिलो अर्घ दिन्छन् । यो बेला व्रतालु जलाशय, नदी, खोला र पोखरीमा नुहाएर पानीमै उभेर सूर्य देवताको पूजा गर्ने चलन छ । पानीमा उभिएका व्रतालुले शुक्रबार बिहान ‘भिन्सरवा घाट’ अर्थात उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएपछि पूजा विसर्जन गर्ने चलन छ ।

प्रसादका रूपमा बनाइएका मिष्ठान्न परिकार र फलफूल आराध्यदेव सूर्य भगवानलाई अर्पण गरी सर्वसाधारणलाई वितरण गर्ने चलन छ । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । छठको अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।

प्रकाशित : 26 October, 2017

प्रतिक्रिया दिनुहोस्