बझाङमा जिप दुर्घटना, १० घाइते

सहयात्रा टिभी

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–१ नजिक आज भएको जीप दुर्घटनामा १० जना घाइते भएका छन् । सदरमुकाम चैनपुरबाट बागथलाका लागि छुटेको से १ ज ८६१ नम्बरको जिप दुर्घटना हुँदा १० जना घाइते भएका हुन ।

गम्भीर घाइते हुनेमा केदारस्युँ गाउँपालिका–१ का ३८ वर्षीय पशुपति मल्ल, ३६ वर्षीय ईश्वर मल्ल, केदारस्युँ गाउँपालिका–२ का २८ वर्षीय कुमार ओखेडा र रायल १ का २८ वर्षीया जमुना बोहरा रहेका छन् । घाइते मध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित : 26 October, 2017

प्रतिक्रिया दिनुहोस्