केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लागुऔषधसहित ८ पक्राउ

सहयात्रा टिभी

पोखरा । लागुऔषध नियन्त्रण ब्यूरो पोखराको टोलीले आज  ८ जनालाई पक्राउ गरेको छ ।  लागुऔषधसहित पक्राउ पर्नेमा भारतको बाफरगंज जिल्ला सन्त कविरनगरका शिवकुमार निषाद, स्याग्जा पुतलीबजार घर भई बुटवल काठमाडौं बसका सहचालक अजय शाही, पोखराका इन्द्रप्रसाद गुरुङ, दिपेन क्षेत्री, साम्राट राणा, धादिङका एलिया तामाङ र कल्याण तामाङ र तनहुँ शुक्लागण्डकीका मेखबहादुर गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट, डाईजापाम ५ सय र फेनरागन ५ सय गोटा लागुऔषधसमेत बरामद गरेको प्रहरी जनाएको छ ।  उनीहरुमध्ये निषाद र शाहीले भारतबाट नेपाल भित्राएका थिए । अरु भने पोखरामा बसेर लागुऔषध किनबेच तथा सेवन गर्दै आएका थिए ।

प्रकाशित : 26 October, 2017

प्रतिक्रिया दिनुहोस्