कांग्रेसले २० क्षेत्रको उम्मेदवार टूंग्यायो, तनहुँ १ बाट पौडेल (सूची सहित )

सहयात्रा टिभी

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा तर्फको दोस्रो चरणमा हुने निर्वाचनका लागी २० उम्मेद्धारको टुङ्गो लगाएसंगै कांग्रेसले तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यका लागि वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने भएको छ । पूर्वगृहमन्त्री गोविन्दराज जोशीले पनि तनहुँ-१ को टिकट दाबी गर्दै आएका छन् । विहिवार दिउँसो वसेको कांग्रेस संसदीय समितिको बैठकले २० क्षेत्रका लागी उम्मेद्धारको टुंगो लगाएको हो । शीर्ष नेता र जिल्लाबाट सर्वसम्मत सिफारिश भएका नाममा सहमति जुटाएको हो ।

यस्तै, पार्टी सभापति शेरबहादुर देउवा डडेल्धुरावाट उठ्ने भएका छन् । महामन्त्री डाक्टर सशांक कोइराला नवलपुर १ बाट, विजयकुमार गच्छदार सुनसरी ३ बाट र विमलेन्द्र निधि धनुषा ३ बाट उम्मेदवार हुने तय भएको छ ।

त्यस्तै प्रकाशमान सिंह काठमाडौं १, गोपालमान श्रेष्ठ स्याङ्जा २, पूर्णबहादुर खड्का सुर्खेत १, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, महेश आचार्य मोरङ ४, डाक्टर शेखर कोइराला मोरङ ६, डाक्टर मिनेन्द्र रिजाल मोरङ २, एनपी साउद कञ्चनपुर २, रमेश लेखक कञ्चनपुर ३ बाट प्रतिनिधिसभाका उम्मेदवार तय भएको छ ।

 

प्रकाशित : 26 October, 2017

प्रतिक्रिया दिनुहोस्