केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१६ घण्टा लगातार शल्यक्रियापश्चात सफल भयो जोडिएको टाउकोको अप्रेसन

सहयात्रा टिभी

काठमाडौं । अहिले विश्व नै बैज्ञानिकीकरण र आधुनिकिकरणमा प्रवेश गरिरहेका वेला कुनै पनि काम गर्न असंभव प्रायः हुन्छन् । हो यस्तै चामत्कारिक परिवर्तन भएको छ भारतमा । केहि समय अघि भारतमा टाउको जोडिएका दुई बच्चाको ४० जना डाक्टरको टोलीले १६ घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गरेका छन् । भारतको उडिसामा जन्मेका जग्गा र कलिया नामक बच्चाको एम्स अस्पतालले सफलता पूर्व शल्यक्रिया गरी टाउको छुट्याउन सफल भएको हो । एम्सले एक विज्ञप्ती जारी गर्दै शल्यक्रिया सफल भएको र दुवै बच्चाको अवस्था स्थिर रहेको जनाएको छ ।

कसरी भयो शल्यक्रिया :
अस्पताल स्रोतका अनुसार अक्टोबर २५ तारिख विहान ६ बजेबाट शल्यक्रिया शुरु गरिएको थियो । ४० सदस्यीय डाक्टरको टोलीमा २० सर्जन र १० एनेस्थेसिया विशेषज्ञ सहभागी थिए । शल्यक्रिया १६ घण्टासम्म चलेको थियो भने २० घण्टा एनेस्थेसियामा लागेको थियो । डाक्टरको अथक प्रयासपछि बुधबार राति पानै ९ बजे बच्चाको टाउकोलाई अलग अलग बनाई शल्यक्रिया सफल बनाउन चिकित्सकको टोली सफल भएको थियो । शल्यक्रियामा सहभागी डाक्टरको टोलीमा सहभागि न्युरोसर्जन डाक्टर दीपक गुप्ताका अनुसार बच्चाको अलग गर्न आफुहरुले कयौं चरणमा सर्जरी गरेको बताए । दुई बच्चाको मस्तिष्क एक अर्कामा जोडिएको थियो, यसका साथै नसा पनि एकअर्कामा जोडिएको थियो । कमन सर्कुलेशन अर्थात रक्त संचारण पनि एकै भएको कारण एक बच्चाको फ्लूड अर्थात तरल पदार्थ अर्का बच्चाको शरिरमा गईरहेको थियो । शल्यक्रियाका बेला एक बालकमा हार्ट अट्याकको अवस्था आएको थियो भने अर्का बालकमा किड्नीमा असर परेको थियो ।

शल्यक्रियाका चुनौती :
रक्तसंचार र मस्तिस्कको नसा जोडिएका कारण शल्यक्रिया निक्कै कठिन थियो । डाक्टर दिपक गुप्ताका अनुसार बच्चाको शल्यक्रिया दुई चरणमा गरिएको थियो । पहिलो चरणमा बच्चाको वीनस बायपास गरिएको थियो जुन सफल भयो । यसमा बच्चाको ब्लड सर्कुलेशन डेवलप गर्न समय दिइएको थियो । एक महिनापछि जब बच्चाको वीनस बायपास सफल भयो तर मुटु कमजोर भएको थियो । यसका कारण उनिहरुलाई सेमी इमजेन्सीमा योजनाबद्ध तरिकाले अपरेट गरिएको थियो ।

ब्रेन बायपास सर्जरी : दुवै बच्चाको टाउको अलग अलग गर्न एक आधुनिक प्रविधिको प्रयोग गरिएको थियो । जस प्रकारले


हार्टको बायपास सर्जरी हुन्छ, त्यसरी नै ब्रेनको पनि बायपास सर्जरी गरिएको थियो । डाक्टरले यसलाई भारतको एक नया प्रविधि भनेका छन् ।

बच्चाको स्वास्थ्य कस्तो हुन्छ ?
शल्यक्रिया सफल त भयो अब यी दुई बच्चाको स्वास्थ्य अवस्था कस्तो रहन्छ भन्नेमा सबैमा जिज्ञासा रहेको छ । यस विषयमा डाक्टर गुप्ता भन्छन्, अप्रेसनसंग जोडिएको आशंका र आशाका बारेमा अहिले नै भन्न कठिन हुन्छ । अहिले त उनिहरु ठिक छन, अप्रेसनका बेलामा समेत कुनै कठिनाई त आएन तर यो लडाई लामो हुनेछ । यसमा कमसे कम दुई वा तीन महिना लाग्नसक्छ । यस्ता बच्चाहरुमा हर्ट अट्याक आउने, मृगौला फेल हुने, मेनिनजाइटिस, संक्रमण फैलेने जस्ता सम्भावना हुने गर्दछन् । बच्चाको अवस्था अहिले पनि नाजुक नै छ तर अप्रेसन सफल भएको छ । उनिहरुलाई डाक्टरको टोलीले निगरानीमा राखेको छ ।

ओडिशाको कंधमाल जिल्लामा बसोबास गर्ने भुइया कंहरा र उनकि पत्नी पुष्पांजलि कंहराका दुई बच्चा हुन जग्गनाथ र बलराम । पेशाले किसानी रहेका उनिहरु टाउको जोडिएको बच्चा जन्मेसगै समस्यामा रहेका थिए । उनिहरुले शुरुमा एससीबी मेडिकल कलेजमा उपचार गरेपनि त्यहा सफल नभएपछि उपचार नहुने आशमा गाउ फर्किका थिए । तर, यो विषय एकाएक समचार बनेर आएपछि जिल्ला प्रशासनले यसमा चासो दिएको थियो । प्रशासनले एम्स अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाईदिएको थियो । अहिले आफ्नो बच्चाको अप्रसेन सफल भएसंगै दम्पत्ति निकै खुसी छन् ।

प्रकाशित : 27 October, 2017

प्रतिक्रिया दिनुहोस्