अन्ततः स्पेनबाट छुटियो क्याटालोनिया

सहयात्रा टिभी

काठमाडौं । क्याटालन क्षेत्रीय संसदले स्पेनबाट छुटिएको घोषणा गरेको छ । लामो समयको विवादपछि अन्तत क्याटालोनियाले आफू स्वतन्त्र भएको घोषणा गरेको हो । स्पेन सरकारले क्याटालोनियामा प्रत्यक्ष शासन लागु गर्ने तयारी गरिरहेका बेला क्याटालन संसदमा शुक्रवार भएको मतदानका क्रममा अधिकांश सांसदले स्वतन्त्र हुने पक्षमा मत दिएका थिए । यसक्रममा, १३५ सदस्यीय सदनमा प्रस्तावमा ७० जनाले स्वतन्त्र हुने पक्षमा मतदान गरेका थिए भने अन्य विपक्षी १० जना सांसदले भने मतदान बहिष्कार गरेको बीबीसीले जनाएको छ ।

यसअघि, स्पेनी प्रधानमन्त्री मारियानो रजोयले संसदमा क्याटालोनियामा कानुन र प्रजातन्त्रको रक्षा तथा स्थिर प्रणाली कायम राख्न, प्रत्यक्ष शासन लागु गर्नुपर्ने बताउदै आएका थिए । प्रधानमन्त्री रखोयले क्याटेलोनियाका नेता कार्लोस पुजिमोन्ट, उनको मन्त्रिपरिषद र प्रहरी प्रमुखलाई पनि बर्खास्त गरेका छन् । स्पेनका प्रधानमन्त्री मारियानो रखोयले क्याटेलोनियाको संसद भंग गरेसंगै अब क्याटेलोनियामा २१ डिसेम्बरमा चुनाव गराइने छ ।

प्रकाशित : 28 October, 2017

प्रतिक्रिया दिनुहोस्