सर्वोच्चको आदेशबमोजिम प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छाप्ने आयोगको निर्णय

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि प्रत्यक्षतर्फको मतपत्र दुईवटा छाप्ने निर्णय गरेको छ । आयोगले यसअघि एउटै पानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लोभागमा प्रदेशसभाको मतपत्र छाप्ने निर्णय गरेको थियो । तर सर्वोच्च अदालतको आदेशपछि अब छुट्टछुट्टै पानामा मतपत्र छाप्नुपर्ने बाध्यकारी आदेश पनि आयोगले यस्तो निर्णय गरेको हो ।

सर्वोच्चको आदेशपछि केही दिनदेखि आयोगले यो विषयमा औपचारिक अनौपचारिक छलफल गर्दैै आएको थियो । सर्वोच्चको औपचारिकपत्र भने शनिबार मात्र आयोगमा पुगेका कारण आईतवार आयोगले उक्त निर्णय गरेको हो । आइतबार महान्यायाधिवक्ता कार्यालयसँग थप परामर्श गरेपछि आयोग छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णयमा पुगेको हो ।

पहिलो चरणमा मंसिर १० र दोस्रो चरणमा मंसिर २१ मा चुनाव गराउन प्रतिबद्ध रहेको आयोगले बताएको छ ।

प्रकाशित : 29 October, 2017

प्रतिक्रिया दिनुहोस्