पहुँचवालालाई मात्रै टिकट वितरण गर्न खोजिएको विरोधमा राजपाका क्षेत्रीय सभापति यादव अनशनमा

सहयात्रा टिभी

सप्तरी । मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीले टिकट वितरण भेदभाव गरेको भन्दै राष्ट्रिय जनता पार्टीका क्षेत्रीय सभापति लक्ष्मण यादव आमरण अनशन बसेका छन् । जनआन्दोलन र मधेश आन्दोलनमा अगुवाई गरेकालाई पाखा लगाउँदै पहुँचवालालाई मात्रै टिकट वितरण गर्न खोजिएको विरोधमा यादवले अनशन बसेको बताएका छन् ।

स्थानीय तहको चुनावमा यादव नगरपालिकाको मेयर पदका आकांक्षी भए पनि पार्टी नेतृत्वले प्रदेशसभाको चुनावमा उम्मेदवार वनाउने आश्वासन दिदै शम्भु यादवलाई मेयरको टिकट दिएको थियो । प्रदेश सभाको चुनावमा समेत टिकटवाट वञ्चित गराउने चलखेल सुरु भएकाले आफू आमरण अनसन बस्न बाध्य भएको उनले बताएका छन् ।

प्रकाशित : 30 October, 2017

प्रतिक्रिया दिनुहोस्