केपी ओली प्रचण्ड माधव नेपाल एमाले


झापा ३ बाट सिटौला चुनाव लड्ने, हट्यो समानुपातिकबाट नाम

सहयात्रा टिभी

काठमाडौं । नेपाली कांग्रेसले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई समानुपातिक सूचिबाट हटाएको छ । कांग्रेसले अव सिटौलालाई गृहजिल्ला झापा क्षेत्र नम्बर ३ बाटै प्रत्यक्ष उम्मेद्धार बनाउने निर्णय गरेको छ । काग्रेसले निर्वाचन आयोग पुगी उम्मेदवारको सूचिको एक नम्वरमा रहेका सिटौलाको नाम हटाएको हो । कांग्रेसले झापा ३ मा राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनलाई समर्थन गर्दै सिटौलालाई समानुपातिकमा राखेको थियो। तर, सिटौलाले समानुपातिकमा नबस्ने अडान लिए ।

आफु नेपालमा नभएका बेला सभापति शेरबहादुर देउवाले जवरजस्ती समानुपातिकमा नाम हालिदिएको भन्दै सिटौला सार्वजनिक रुपमै तिव्र असन्तुष्टि जनाउदै आएका थिए । पार्टी्भित्र शीर्ष वरीयतामा रहेका सिटौलाले उक्त क्षेत्रमा २०४८ सालदेखि नै चुनाव लड्दै आएका छन् । २०५६ र ०७० मा सिटौला निर्वा्चित भएका थिए ।

प्रकाशित : 30 October, 2017

प्रतिक्रिया दिनुहोस्