प्रदेश संरचनाका लागि ८ खर्ब ५० अर्ब लाग्ने प्रारम्भिक अनुमान

सहयात्रा टिभी

काठमाडौं । प्रदेश संरचना व्यवस्थापनमा करिब आठ खर्ब ५० अर्ब रुपैयाँ अतिरिक्त खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रदेश संरचनामा अत्यावश्यक पूर्वाधार निर्माण, सवारीसाधन खरिदका साथै सुरुको तीन वर्ष सेवा प्रवाहका लागि आर्थिक सहयोगका लागि उक्त रकम आवश्यक पर्ने अनुमान गरिएको हो ।

प्रारम्भिक अनुमानअनुसार सात प्रदेश राजधानीका साथै स्थानीय तहमा पूर्वाधार निर्माण र सवारीसाधन खरिदमै दुई खर्ब ५० अर्ब रुपैयाँ आवश्यक पर्ने बताईएको छ । प्रदेश सभाको चुनाव नजिकिए पनि प्रदेश राजधानीकै टुंगो लागेको छैन । पूर्वाधार निर्माणकै क्रममा प्रदेश सरकारलाई सेवा प्रवाहमा संघीय सरकारले सघाउनुपर्छ जसका लागि ६ खर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान छ ।

प्रकाशित : 30 October, 2017

प्रतिक्रिया दिनुहोस्