टान अध्यक्षमा नवराज दाहाल विजयी

सहयात्रा टिभी

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा नवराज दाहाल निर्वाचित भएका छन् । आइतबार राति अबेरसम्म भएको टानको निर्वाचनमा दाहाल समूहको वामपन्थी प्यानलले अधिकांश पदमा जित हात पारेको हो ।

टानको ३९ औँ वार्षिक साधारणसभासँगै सम्पन्न निर्वाचनमा लोकतान्त्रिक प्यानलले वरिष्ठ उपाध्यषसहित केही सदस्य पदमा जित निकालेको छ ।

दाहालले प्रतिस्पर्धी मोहन लम्साललाई १८ मतले हराउँदै विजयी भएका हुन । दाहालले ३३१ र लम्सालले ३१३ मत प्राप्त गरे । जम्मा १,१८६ मतदातामध्ये ७२७ मत खसेको थियो । दाहाललाई एमाले–माओवादी व्यवासायीको समर्थन रहेको थियो भने लम्साललाई कांग्रेस र नयाँ शक्तिका व्यवसायीको समर्थन रहेको थियो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा खुमबहादुर केसी, प्रथम उपाध्यक्षमा जीवन थापामगर, द्वीतिय उपाध्यक्षमा नीलहरी बास्तोला, महासचिवमा आङ पेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सह–कोषाध्यक्षमा तारा राना निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा ऋतु ग्याम्दान, रविन्द्र अधिकारी, राजन प्रसाद काप्री, गोपाल श्रेष्ठ, जीवन लामा, बाबुराम गुरुङ, सुक बहादुर लामा, शेर बहादुर परियार र जंग बहादुर लामा विजयी भएका छन् ।

प्रकाशित : 30 October, 2017

प्रतिक्रिया दिनुहोस्