केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उदयपुरमा अर्काे दुर्घटना, ११ जनाको मृत्यु

सहयात्रा टिभी

उदयपुर, गाईघाट । उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नंको सुमो जिप आज दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

जिप कटारी–११को खाँडी भन्ने ठाउँमा सडकबाट ४०० मिटर तल खसेर भएको दुर्घटनामा भएकाे इलाका प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

घाइते हुनेमा चालकसहित एक जना महिला र ३ वर्षीय बालक छन् । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन ।

घाइतेहरुको स्थानीय कटारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : 30 October, 2017

प्रतिक्रिया दिनुहोस्