विश्वकपका लागि छानियो ३२ राष्ट्र, ३६ वर्षपछि छानियो पेरु

सहयात्रा टिभी

काठमाण्डौं । सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलका लागि ३२ राष्ट्र छानिएका छन् । पेरुपहिलोपल्ट विश्वकपका लागि छनौटमा परेको छ । अन्तर महादेशीय प्लेअफमा न्यूजिल्याण्डलाई २–० ले पराजित गर्दै पेरु ३६ वर्षपछि विश्वकपमा छनोट भएको हो ।

न्यूजिल्याण्डमा भएको पहिलो लेग गोलरहित बराबरीमा खेलेको पेरुले घरेलु मैदानमा भएको दोस्रो लेगमा २–० को जीत निकालेको हो । सन् १९८२ मा विश्वकप खेलेयता पेरुको यो पहिलो सहभागिता हुनेछ । आयोजक रुसले स्वतः विश्वकपमा स्थान बनाउँदा बाँकी ३१ राष्ट्रले छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाए ।यस पटक छनोटमा केही उतार–चढाए नतिजा पनि आएका छन् ।

चार पटकको विश्व च्याम्पियन इटली छनोट हुन सकेन । अहिलेसम्म विश्वकप जितेका ७ मध्ये ६ राष्ट्र रुसमा हुने विश्वकपमा छनोट हुँदा इटली मात्र अभागी साविक बन्यो । यता सर्वाधिक पाँच पटकको विजेता ब्राजिल सबैभनदा पहिला छनोट हुने राष्ट्र बन्यो । ब्राजिल मात्र एक त्यस्तो राष्ट्र हो जसले अहिलेसम्म हरेक विश्वकपमा सहभागिता जनाएको छ । यस्तै आइसल्याण्ड र पनामा पहिलो पटक विश्वकपमा छनोट भएका छन् । रुस विश्वकपका लागि छनोट भएका ३२ मध्ये २० टिमले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप खेलेका थिए । जर्मनी विश्वकपको डिफेण्डिङ च्याम्पियन हो । विश्वकप जुन १४ देखि जुलाई १५ सम्म रुसको विभिन्न ११ शहरका १२ वटा स्टेडियममा हुँदैछ ।

प्रकाशित : 16 November, 2017

प्रतिक्रिया दिनुहोस्