केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पश्चिम सेतीमा थ्रि गर्जेज र प्राधिकरणको लगानी सम्झौता

सहयात्रा टिभी

काठमाण्डौं । ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि बिहीबार नेपाल विद्युत प्राधिकरण र चीनको थ्रि गर्जेजबीच कम्पनीबीच संयुक्त लगानीका लागि सम्झौता (जेभीए) भएको छ ।

रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा दुई कम्पनीबीच यस्तो सम्झौता भएको हो ।जेभीए गर्ने गरी चिनियाँ टोली बिहीबार नै काठमाण्डौं आएको हो । जेभीएमा प्रारम्भिक हस्ताक्षर भएको १० महिनापछि मात्रै बिहीबार अन्तिम रुप दिएर सम्झौता भएको छ ।गत ३ माघमा नेपाल विद्युत् प्राधिकरण र थ्रि गर्जेज इन्टरनेशनल कर्पोरेसनबीच पश्चिम सेती आयोजना निर्माणका लागि प्रारम्भिक जेभीए भएको थियो ।

सम्झौता भएको दुई दिनपछि नै प्राधिकरणले उक्त सम्झौतालाई अनुमोदन गरे पनि थ्रि गर्जेजले भने ढिलाई गरेको थियो । सन् १९९३ मा स्थापना भएको थ्रि गर्जेज पूर्ण सरकारी स्वामित्वको चिनियाँ कम्पनी हो । यसले चीनमा विश्वकै ठूलो २२ हजार मेगावाटको आयोजना निर्माण गरिसकेको छ । बुढिगण्डकी आयोजना निर्माणको लागि चिनियाँ कम्पनी गेजुवासँग गरिएको सम्झौता खारेज भएपछि तत्काल चिनियाँ कम्पनी नआउने हो कि भन्ने धेरैको आशंका थियो । तर, बिहीबार थ्रि गर्जेजको टोली काठमाडौं आएर सम्झौता गरेसँगै यो अन्यौल हटेको छ । कम्पनीको प्राविधिक टोलीले आयोजना स्थलको भौगर्भिक अध्ययन गरिसकेको छ । प्रदेश ७ का डोटी, बैतडी, बझाङ र डडेलधुरा पुगेर टोलीले अध्ययन गरेको हो ।

प्रकाशित : 16 November, 2017

प्रतिक्रिया दिनुहोस्