केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नौबीसे–नागढुङ्गा सडकको विरोधमा स्थानीय, भूमाफियालाई मात्र फाइदा पुग्ने आरोप

सहयात्रा टिभी

काठमाण्डौं । जग्गा अधिग्रहणको प्रक्रियामा पुगेको नौबीसे–नागढुङ्गा सडकका लागि स्थानीयले जग्गा उपलब्ध गराउनुको सट्टा विरोधमा उत्रिएका छन् । उक्त सडक आयोजनाले स्थानीयलाई भन्दा भूमाफियालाई फाइदा पुग्ने बताउँदै प्रभावित क्षेत्रका बासिन्दा विरोधमा उत्रिएका हुन् ।

सडक विभागले गुर्जुधारा–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग जोड्ने सडकका लागि आवश्यक जग्गा अधिग्रहणको सूचना प्रकाशित गरेसँग स्थानीयको विरोध शुरु भएको हो ।उनीहरुले सडक विभागले आफूहरुसँग आवश्यक छलफल र परामर्श नगरेको आरोप लगाइरहेका छन् । सुरुङमार्ग सरोकार समितिका संयोजक रवि श्रेष्ठले कुनै हालतमा निर्माण गर्न नदिनइने बताए । ‘सडक बन्दा हामीलाई के फाइदा पुग्छ भन्ने छलफल नै नगरी सिधै मुआब्जा लिन आऊ भन्न पाइन्छ ?’ श्रेष्ठले प्रश्न गरे । सुरुङको डिजाइन नै बाङ्गो बनाइनुको उद्देश्य भूमाफियालाई फाइदा पु¥याउनु रहेको उनीहरुको भनाइ छ ।

‘यो सुरुङ सिधा बनाउने हो भने सीतापाइला आउँछ । प्रचार पनि सीतापाइला जोड्ने भनेर गरियो’–श्रेष्ठले भने– ‘भूमाफियाका कारण गुर्जुधारा जोड्न लागिएको छ । हामी कुनै पनि हालतमा बन्न दिदैनौं ।’ प्रारम्भिक वातावरणीय मूल्यांकन (आईईई) का चरणमा छलफल नै नगरेको दाबी स्थानीय बासिन्दाको छ ।उक्त आरोप निराधार रहेको सडक विभागका वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए । उनले भने– ‘स्थानीयवासीसँग छलफल गरेरै प्रक्रिया अगाडि बढाइएको हो ।’ उक्त सुरुङमार्गका लागि जापान सरकारले १७ अर्ब रुपैयाँ ऋण दिन लागेको छ । उक्त ऋणको व्याजदर निकै सस्तो ०.०१ प्रतिशत मात्र छ । ऋण तिर्ने अवधि ३० वर्ष तोकिएको छ । त्यसमा १० वर्ष थपिने सम्झौता छ । सुरुङमार्गको लागत २२ अर्ब रुपैयाँ अनुमानित छ । जापानी ऋण बाहेकको रकम सरकारले नै जुटाउने छ ।

प्रकाशित : 17 November, 2017

प्रतिक्रिया दिनुहोस्