केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनावले समस्यामा धुर्मुस–सुन्तली

सहयात्रा टिभी

रौतहट । आसन्न निर्वाचनमा दलका उम्मेद्वाहरुले पैसाको चलखेल बढाइरहेका बेला हाँस्य कलाकार सीताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) भने चुनावकै कारण समस्यामा परेका छन् ।

रौतहटको चन्द्रपुर–८ सन्तपुरका बिपन्न दलित परिवारलाई एकीकृत नमुना बस्ती बनाइरहेका बेला चुनावको मुखमा दाताहरुबाट आर्थिक सहयोग नपाउँदा एकीकृत बस्तीको काममा समसया भइरहेको सीताराम कट्टेलले बताए । माघ २४ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्यसहित निर्माण थालिएको घर जसरी भए पनि हस्तान्तर गर्ने फाउण्डेसनका अध्यक्ष कट्टेल बताउँछन् ।

‘हामीलाई खर्चको अभाव छ तर कुनै पनि हालतमा तोकिएको समयमा बस्ती हस्तान्तरण गर्छौ’–उनले भने । शुरूमा ४५ वटा घर बनाउने योजना भए पनि निर्माणका क्रममा पछि ३ वटा घर थपिएको छ । ४८ वटा घरसहित एक सामुदायिक भवन, एउटा भ्यूटावर, मन्दिर, सार्वजनिक धारा र शौचालयलगायतका भौतिक संरचना उनीहरुले निर्माण गर्ने भएका छन् । १२ कठ्ठा जमिनमा २४ इन्च चौडा र ९ फिट अग्लो पर्खाल र २५ भन्दा बढी घरका जग उठाईसकेका छन् । भूकम्प प्रतिरोधी र सम्भावित डुबानबाट बचाउने हेतुले घरको निर्माण गरिने छ । परियोजना सक्न ६ करोड लाग्ने अनुमान गरिएको छ, धेर थोर सहयोग जुटे पनि करीब ४ करोड रूपैयाँ अझै अपुग हुने देखिएको छ ।

प्रकाशित : 17 November, 2017

प्रतिक्रिया दिनुहोस्