केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गौचन हत्याका थप दुई आरोपी पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या आरोप लागेका थप दुई जना पक्राउ परेका छन् । प्रहरीले हत्या आरोप लागेका बसन्त थेबे र धनराज योङहाङलाई शुक्रबार पक्राउ गरेको हो ।

उनीहरुलाई कपनबाट पक्राउ गरिएको गौचन हत्याको अनुसन्धान टोलीको नेतृत्व गरेका डिआइजी गणेश केसीले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट दुई वटा पेस्तोल र १० राउण्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ ।

यसअघि बिहीबार प्रहरीले गौचन हत्यामा संलग्न सुटरसहित ५ जनालाई सार्वजनिक गरेको थियो । घटनाका मुख्य योजनाकार समिरमान सिंह बस्नेत भने अझै फरार छन् । बस्नेतले लामो समयदेखि व्यवसायीबाट चन्दा उठाउने, ठेक्कापट्टामा हस्तक्षेप गर्ने र व्यक्ति अपहरण गर्ने लगायतका कार्यमा संलग्न रहँदै आएका थिए । मागे जति फिरौती नदिएका कारण गौचनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।घटनामा संलग्न ८ जना अझै फरार छन् ।

प्रकाशित : 17 November, 2017

प्रतिक्रिया दिनुहोस्