केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सभामुख घर्तीलाई लक्षित गरी बम प्रहार

सहयात्रा टिभी

रोल्पा । रोल्पाको लिवाङमा शुक्रबार सभामुख ओनसरी घर्ती मगरलगायत माओवादी केन्द्रका नेताहरुलाई लक्षित गरी बम प्रहार भएको छ । माओवादी नेताहरु कृष्णबहादुर महरा र बर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुईवटा बम प्रहार भएको हो ।

भदौरे जङ्गलको भीरबाट नेताहरुको गाडी भन्दा १० मिटर अगाडि बम प्रहार भएको नेताहरुसँगै रहेका उपराष्ट्रपति नन्दबहादुर पुनका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिएका छन् । घटनामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । उनीहरू सुलिचौरबाट लिवाङका लागि प्रहरी स्कटिङमा लिवाङ जाँदै थिए ।

बम प्रहार भए लगत्तै प्रहरीले भदौरे भीरमा घेरा हालेर बम प्रहार गर्ने समूहको खोजी गरिरहेको छ । सभामुख घर्तीलगायत बर्षमान र महरा कार्यक्रम आयोजना गरिएको लिवाङमा पुगिसकेका छन् । लिवाङ पुगेपछि नेता महराले  बम आक्रमण हुनु अराजनीतिक भएको प्रतिक्रिया दिएका छन् । महरा कार्यक्रममा सहभागी हुन दाङबाट रोल्पा आएका हुन भने रोल्पा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार समेत रहेका वर्षमान र सभामुख ओनसरी रोल्पामै थिए ।

प्रकाशित : 17 November, 2017

प्रतिक्रिया दिनुहोस्