केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सेमिफाइनलबाट बाहिरियो नेपाल, अफगानीस्तानले उछिन्यो

सहयात्रा टिभी

काठमाण्डौं । एसीसी यू–१९ एशिया कप क्रिकेटको सेमीफाइनलमा नेपाल पराजित भएको छ । अफगानीस्तानसँग ७ विकेटको हार व्यहोर्दै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो ।

अफगानीस्तानसँगको खेलमा नेपालको ब्यटिङ चलेन भने बलिङ पनि कमजोर रह्यो । २०११ मा आायरल्याण्डमा भएको यू–१९ को ग्लोबल छनोटयता नेपालले अफगानीस्तानलाई हराउन सकेको छैन । तीन महिनाअघि विश्वकप छनोटमा भएको दुबै भेटमा पनि नेपाल हारेको थियो । यो पटक समूह चरणमा बंगलादेशसँग सम्मानजनक प्रदर्शन गर्नुका साथै भारतलाई हराएको थियो । त्यसैले ६ वर्षयता ब्यहोरेको हारको बदला लिने अवसरका रुपमा लिइएको थियो । तर, नेपाली टोलीले त्यसलाई सदपुयोग गर्न सकेन । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २८ ओभरमा १०३ रन जाड्दा अलआउट भयो । जुन लक्ष्य अफगानले ३ विकेट गुमाएर २०.३ ओभरमा भेट्टायो । उसलाई जीतका लागि मात्र १० रन चाहिएको बेला वर्षाले  खेल झण्डै दुई घण्टा रोकियो ।

वर्षा रोकिएपछि शुरु भएको खेल केहीबेरमा नै अफगानीस्तानले जीत निकाल्यो । तर उसले त्यसका लागि २ विकेट गुमायो । ओपनर रमानुल्लाह गुर्वाज ७१ रन बनाएर सन्दिप लामिछानेको बलमा आउट भए । पवन सर्राफले इक्रम अलीलाई १८ रनको स्कोरमा आउट गरे । यसअघि टस हारेपछि नेपालको ब्याटिङ रह्यो । २ रन जोड्दा पहिलो विकेटका रुपमा आसिफ शेखलाई गुमाएको नेपालले थप ७ रन जोड्दा अर्का ओपनर जितेन्द्र सिंहलाई गुमायो । तेस्रो नम्बरमा आएका अनिलकुमार साहले क्रिजमा टिके पनि उनलाई साथ दिन कोही भएनन् ।

अनिलले कप्तान दिपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटका लागि २३ रनको साझेदारी गरे । तर, दिपेन्द्र व्यक्तिगत ६ रनमा आउट भए । रोहितकुमार पौडेल ४ रनमै आउट भए । पाचौं विकेटका लागि भीम सार्कीसँगै ३० रनको साझेदारी गरे । भीम पनि ६ रनमै आउट भए ।अनिलसँग १४ रनको साझेदारी गरेका पवन शरार्फ ८ रनमा आउट भए । अनिल सातौं विकेटका रुपमा व्यक्तिगत ५० रन बनाएर आएट भए ।नेपालका अनिल बाहके अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा मुजीब उर रहमान एक्लैले ६ विकेट लिए ।

प्रकाशित : 17 November, 2017

प्रतिक्रिया दिनुहोस्