चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

सहयात्रा टिभी

भक्तपुर । महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।

सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प. १०३० नं को चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षिय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकल काठमाडौँ २० भीमसेनस्थानबाट चोरी भएको अनुसन्धानको क्रममा खुल्न आएको र दुवै मोटरसाइकल तथा पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौँ पठाइएको प्रहरी प्रभाग भक्तपुरले जनाएको छ । रासस

प्रकाशित : 17 November, 2017

प्रतिक्रिया दिनुहोस्