केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिहे गरेरै विश्व कीर्तिमान !

सहयात्रा टिभी

नेपालमा वहुविवाह गर्नेलाई राज्यले कार्वाही गर्छ । केहि अपवादका अवस्था बाहेक श्रीमति हुँदा–हुँदै विवाह गर्ने नेपाली पुरुषले कानुन अनुसारको सजायको भागी बन्नु पर्छ । तर, यहि संसारमा वहुविवाह पनि अन्तर्राष्ट्रिय कीर्तिमान र चर्चाको विषय बन्छ । कीर्तिमान राख्न पनि केही न केही नयाँ काम गर्ने मानिस यहि संसारमा छन् । कतिले सगरमाथाको टुप्पोमा बिहे गरे त, कतिले समुद्रमुनि । एक जोडीले चाहिँ अन्टार्टिकामा बिहे गरेर रेकर्ड दर्ज गराएको छ ।

अन्टार्टिकास्थित बेलायत अधिनस्थ ब्रिटिस आर्कटिक टेरिटोरीमा एक जोडीले बिहे गरेको हो । ध्रुबीय क्षेत्रमा गाइडको काम गर्ने टम सिल्भेस्टर र जूली बमले अन्टार्टिकाको पश्चिमी भागमा रहेको एडिलेड टापुस्थित रोदेरा रिचर्स स्टेशनमा बिहे गरेर अन्टार्टिकामा बिहे गर्ने पहिलो जोडी बने । बेहुली जूली बमको बिहेको पहिरन पुरानो पालबाट बनाइएको थियो । बिहेको समयमा बिहेस्थलको तापमान शून्य डिग्रीभन्दा पनि तल थियो ।

बेहुला सिल्भेस्टरका अनुसार बिहेका लागि अन्टार्टिकाभन्दा सुन्दर ठाउँ दुनियाँमा अन्त कही पनि छैन । पछिल्लो ११ वर्षदेखि सँगै काम गरिरहेका टम र सिल्भेस्टर दुनियाँका धेरै देश घुमिसकेका छन् । दुवै जना अनुभवी पर्वतारोही हुन् र ब्रिटिस अन्टार्टिक सर्भेमा काम गर्नका लागि छनोट भएका थिए । ३ वर्ष पहिले उनीहरुको इन्गेजमेन्ट भएको थियो । सिल्भेस्टर बेलायतको शेफिल्डका हुन् भने जूली बर्मिंघमकी । बिहेका लागि सिल्भेस्टरले रिसर्च स्टेशनमै मेशिनबाट स्वयंवरको औंठी तयार गरेका थिए । बिहे समारोह स्टेशन प्रमुख तथा बिएटीका म्याजिस्ट्राट पल सामवेजको अध्यक्षतामा भएको हो । बिहेमा स्टेशनमा कार्यरत २० जना पाहुना सहभागी भए । एजेन्सी

प्रकाशित : 17 November, 2017

प्रतिक्रिया दिनुहोस्