चलचित्र हिरोजको भोलि च्यारिटी शो हुँदै

सहयात्रा टिभी

काठमाडौं । झापाका बाढीपिडितको सहयोगार्थ चलचित्र ‘हिरोज’ को च्यारिटी शो हुने भएको छ ।

झापा जिल्ला, झापा गाउँपालिका वडा नं. २ बढागाउँका १ सय ५० बाढीपिडितलाई राहत संकलन सहयोगार्थ मंसिर २ गते (भोली) सिद्धार्थ हल बौद्धमा च्यारिटी शो हुन लागेको चलचित्रकी नायिका पूर्णिमा लामाले जानकारी दिइन् ।

च्यारिटी शोमार्फत ‍‍‌सङ्कलन हुने रकमले बाढीपिडितका लागि कम्बल खरिद गरी वितरण गरिने नायिका लामाले बताइन् । हिँउद सुरु भएसँगै जाडो पनि बढ्दै गएकाले बाढीपिडितलाई कम्बल वितरणको योजना बनाएको चलचित्र युनिटको भनाइ छ । यसका साथै अन्य घरायसी सामान पनि वितरण गरिने बताइएको छ ।

जयलक्ष्मी फिल्मस् प्रालिले निमार्ण गरेको चलचित्र हिरोज अष्ट्रेलियालगायत विभिन्न देशमा प्रदर्शन भइसकेको छ । नेपालमा भने प्रदर्शनको मिति कुरिरहेको यो चलचित्रले आगामी फागुन या चैतमा प्रदर्शनको तयारी गरिरहेको छ ।

एनबी महर्जनको निर्देशन रहेको चलचित्रमा पूर्णिमाका साथै संजोग राणा, मुकेश ढकाल, करिश्मा मानन्धर, जय किशन बस्नेत, दिल कृष्ण श्रेष्ठ लगायतका कलाकारहरुको प्रमुख अभिनय रहेको छ ।

चलचित्र नारी प्रधान कथामा आधारित रहेको नायिका पुर्णीमाले बताइन् । चलचित्रमा सञ्जोग राणाको कथा, शंकर महर्जनको द्वन्द, शिव ढकाल, रामशरण उप्रेतीको छायाँङ्कन र कृष्ण आचार्यको स्क्रिनप्ले रहेको छ ।

प्रकाशित : 17 November, 2017

प्रतिक्रिया दिनुहोस्