केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नक्कली बमले दिनभर आतंक

सहयात्रा टिभी

रामेछाप । वाम गठबन्धनको चुनावी सभालाई लक्षित गरी खाडादेवी गाउँपालिका अन्तर्गत गाल्वा बजार नजिकै राखिएको नक्कली बमले त्यसक्षेत्रको जनजीवन दिनभर आतंकित बनेको छ ।

बम राखिएको पाइएपछि वाम गठबन्धनको कार्यक्रम समेत केहि ढिलो मात्र शुरु भएको थियो । बजार छेउमा रातो कपडाले मोडेर राखिएको वस्तु र त्यस आसपासमा विप्लव समूहको नामको केही पर्चाहरु छरपस्ट अवस्थामा भेटिएको थियो । पैदल हिँड्दै गरेका बटुवाले रातो कपडाले बेरेर राखेको वस्तु बम हो भनेर लेखेर राखेको देखेपछि प्रहरी चौकी गाल्वालाई खबर गरेका थिए । सोही सूचनाका आधार जिल्ला प्रहरी कार्यालय रामेछापबाट समेत प्रहरी र नेपाली सेनाको टोली घटनास्थल  पुग्यो ।

सेना र प्रहरीको संयुक्त टोलीले उक्त बम राखिएको भन्ने वस्तु हो वा होइन यकिन गर्दा ढुङ्गलाई मैदाले पुरेर त्यसमाथि रातो कपडा बेरेर छाडेको र त्यसको वरपर विप्लव समूहको पर्चाहरु छरेको भेटिएको छ । प्रहरीले पर्चा आफ्नो नियन्त्रणमा लिएको छ भने पर्चा छर्ने विप्लव समूहका कार्यकर्ताहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले बताए ।  विप्लव समूहका कार्यकर्ताहरुले शुक्रबार खाडादेवीको गाल्वा बजारमा हुने वाम गठबन्धनको चुनावी सभालाई विथोल्नका लागि उक्त नक्कली वम र केही पर्चाहरु छरेको हुनसक्ने अनुमान प्रहरीले लगाएको छ ।

प्रकाशित : 17 November, 2017

प्रतिक्रिया दिनुहोस्