केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ओखलढुंगामा कार्यकर्ता चढेको गाडी लक्षित गरी बम विस्फोट

सहयात्रा टिभी

ओखलढुंगा । ओखलढुंगामा कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी शनिबार बिहान बम विस्फोट गरिएको छ । वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन सभास्थल तर्फ जादै गरेको कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी बम विस्फोट गराईएको प्रहरीले जनाएको छ ।

सुनकोशी गाउँपालिका-७ च्यानममा बम विस्फोट भएको प्रहरी जनाएको छ । विस्फोटमा मानवीय क्षति भने भएको छैन भने गाडीमा सामान्य क्षति भएको छ । घटना कसले गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

वाम गठबन्धनको चुनावीसभामा नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका महासचिव रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाली कांग्रेसको चुनावीसभामा भने कांग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित : 18 November, 2017

प्रतिक्रिया दिनुहोस्