तनहुँमा कांग्रेस नेता पौडेललाई लक्षित गरी प्रेसरकुकर बम प्रहार, पौडेल सुरक्षित

सहयात्रा टिभी

तनहुँ । चुनावका लागि प्रचारप्रसारमा सक्रिया नेता तथा कार्यकर्तालाई लक्षित गरि देशभर बम आतंक मच्चिरहेका वेला तनहुँमा पनि सोहि क्रम दोहोरिएको छ । आज नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ ।

वरिष्ठ नेता पौडेल चुनावी प्रचारका क्रममा गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै थिए । करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी वम प्रहार भएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । बम प्रहारबाट गाडीमा सामान्य क्षति भएको छ भने नेता पौडेल सुरक्षित रहेको उनका स्वकीय सचिव अधिकारीले बताएका छन् ।

प्रकाशित : 18 November, 2017

प्रतिक्रिया दिनुहोस्