केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लड्डुमा बेहोस हुने औषधी मिसाई खान दिए, ब्युझिँदा त कोठीमा पो रहेछु : सुनिता दनुवार

सहयात्रा टिभी

सुनिता दनुवार शक्ति समूह कार्यकारी निर्देशक
नेपालमा जन्मिए पनि १० सन्तान मध्ये ४ जनाको मृत्यु भएपछि आमाले बोक्सीले खाइदिएको भन्दै नेपालबाट भारत बसाइ सराई गर्न जोड दिएपछि उनको परिवार उतै बस्यो । त्यहाँ गएपछि त्यहीँ आलु खेती गरी बसेको थियो सुनिताको परिवार । नेपालबाट गएका काकाले उनका दाईलाई फेरी कामको आशा देखाएर नैनीताल पु¥याएपछि छोरालाई बचाउन बसाई सरेका दनुवार परिवारको चिन्ता बढ्न थाल्यो । छोरालाई फर्काउन नैनीताल सम्म पुग्न आवश्यक रकम जोहो गर्न दनुवारका परिवारका सबै सदस्य मजदुरी गर्न थाल्यो ।

उमेरले भर्खर १४ टेक्दै गरेकी सुनिता पनि त्यही काममा लागेकी थिइन् । रुपमा राम्री सुनितालाई त्यो भन्दा राम्रो काम लगाइदिने भन्दै त्यहीँ काम गर्ने दुई जना ट्याक्टर ड्राइभरले फकाउन थाले । उनीहरुले सुनितालाई फकाउन असफल भएपछि ती ड्राइभरले एकदिन परिवारका सबै सदस्यलाई लड्डुमा बेहोस हुने औषधी मिसाई खान दिए । सुनिताले भनिन–‘म ब्युझिँदा सिमेन्टका ठूल्ठूला घरहरु देखेँ । म उठेपछि घरवाली(कोठी मालिक्नी) ले तिम्रा दाईहरुले तिमीलाई यहाँ घुमाउन ल्याएका हुन् उनीहरु बाहिर गएका छन् एक छिनमा फर्कन्छन् तिमी नुवाई धुवाई गरी राम्री बनेर बस् भन्दै गइन् । साँझ भएपछि फेरी राम्री बन्नुपर्छ धन्दा गर्नुपर्छ भन्दै तिनै घरवाली आउन थालिन् ।

धन्दा भन्नाले घरभित्रको काम सम्झेकी सुनितालाई घरको काम केही गर्न आउँदैनथ्यो । त्यसैले मलाई धन्दा गर्न आउँदैन त्यो बाहेक अरु काम गर्छु सम्म भनिन् । तर घरवालीले धन्दा गर्नुपर्छ भनेर बारम्बार भन्न थालेपछि भने उनले धन्दाको मतलब पनि बुझिन् तर धन्दा गर्न मानिनन् । त्यसैले उनीहरुले मलाई अर्कैकोमा बेच्न लगे । जहाँ मेरो सामुहिक बलात्कार गरियो’, उनले भनिन् । त्यसपछि उनी पनि त्यही धन्दा गर्न बाध्य भइन् । त्यहाँ बसेको ५ महिना पछि कोठीमा छापा मार्न आएको प्रहरीले उनको उद्दार ग¥यो ।

उनले भनिन–‘कोठीवालीहरुलाई त पहिल्यै थाहा हुँदो रहेछ छापा मार्न आउँदैछ भनेर त्यसैले कोठीवालीले मलाई भगाउन फिल्म हेर्न जाऔँ समेत भनिन् तर म आलटाल गर्दै बसेँ । त्यसैले म उद्दारमा परेँ, १८ वर्षभन्दा कमका महिलालाई धन्दा गराउन नपाउने नियम लागु भएकाले प्रहरीले छापा मारेको थियो । कोठीवालीले आफ्नो उमेर १८ वर्षको भन्नु भनिन् तर मैले मानिन र प्रहरीले सोधेको बेला मेरो उमेर १४ नै भनेँ ।’

विभिन्न कोठीबाट करिब ५०० महिलालाई उद्दार गरिएकोमा ३०० नेपाली महिला थिए । उद्दार गरिएका सबै महिलालाई एउटै कोठामा निकै अव्यवस्थित तरिकाले राखिएको थियो । बस्नलाई त गाह्रो छँदै थियो खानेकुरा पनि नराम्रो हुन्थ्यो, उनले भनिन् । अन्य देशका महिलालाई उनीहरुको देशका सरकारले फिर्ता लगेपनि नेपाल सरकारले भने फिर्ता लैजान मानेन । महिला अधिकारका क्षेत्रमा कार्यरत विभिन्न सङ्घ संस्थाको पहलमा उनीहरुलाई नेपाल फर्काउने तयारी भयो । नेपाल फर्किएपछि काम गर्दागर्दै शक्ति समूह गठन गर्ने निर्णय भयो ।’

शक्ति समूहमार्फत् महिला बेचबिखनविरुद्ध कार्य गरिरहेकी छन् । यसैक्रममा उनले संस्थागत रुपमा रामोन म्यागसेसे, फ्रान्स रिपब्लिक अवार्ड र विथ एन्ड फर गल्र्स पुरस्कार पाइसकेकी छन् भने व्यक्तिगत तर्फ सी–१० अवार्ड, एसिया डेमोक्रेसी एन्ड ह्युमन राइट्स अवार्ड, वल्र्ड वुमन लिडरसीप एचिभमेन्ट अवार्डलगायतका अन्तर्रा्ष्ट्रिय तथा थुपै्र राष्ट्रिय पुरस्कार तथा सम्मानबाट सम्मानित भइसकेकी छन् । #साभार नवनारी

प्रकाशित : 18 November, 2017

प्रतिक्रिया दिनुहोस्