केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अपडेट : प्रचण्डपुत्र प्रकाश दाहाललाई ह्दयघात, नर्भिक अस्पतालमा आफन्तको रूवाबासी

सहयात्रा टिभी

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का छोरा प्रकाश दाहालको निधन भएको छ ।
दाहालको काठमाण्डौंस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो । प्रकाशको निधनपछि अहिले अस्पतालमा उनका परिवार, आफन्त र शुभचिन्तकको रुवाबासी छ । डाक्टरहरुले दाहालको निधनको औपचारिक घोषणा गरिसकेका छैनन् । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।

आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाण्डौं फर्किदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाण्डौं आउँदैछन् । अस्पताल परिसरमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।

सधैं प्रचण्डसँगै हिंड्ने गरेका उनी मलाई सञ्चो छैन भनेर चितवनको चुनावी कार्यक्रमलाई बीचमै छाडेर काठमाण्डौं फर्किएका थिए । उनी प्रचण्डसँग गोरखा, बाग्लुङ, झापालगायत स्थानका कार्यक्रममा गएका थिएनन् । उनी काठमाण्डौंमा आमासँग बसेका थिए ।

प्रकाशित : 19 November, 2017

प्रतिक्रिया दिनुहोस्