केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कस्तो संयोग : प्रकाश आफैले बनाएका थिए आफ्नो फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’

सहयात्रा टिभी

काठमाण्डौं । कुनै कुनै बेला मानिसले गर्ने अन्तिम गतिविधि अनौठो संयोग समेत बन्दो रहेछ । आज मात्र निधन भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको अन्तिम गतिविधि पनि यस्तै संयोग बन्यो ।

उनले निधन हुनु भन्दा अगाडि आफ्नो रङ्गिन फोटो फेसबुकको वालबाट हटाएर सादा अर्थात ब्ल्याक एण्ड ह्वाइट बनाएका थिए । प्रकाश दाहाल अब फेसबुक चलाउँदैनन् । उनले आफ्नो मृत्युलाई देखिसकेका थिए भनौं वा संयोग सादा तस्विर हाल्न भ्याएका थिए । कृष्णबहादुर महरासहितको सामुहिक रङ्गिन

तस्विर हटाएर प्रकाशले अघिल्लो साता नै आफ्नो प्रोफाइल तस्वीर ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाएका थिए । नेपाली संस्कारअनुसार, मृत्यु भइसकेको मानिसको तस्विर श्यामश्वेत बनाउने चलन छ ।

आफ्नो फेसबुकको अन्तिम पोष्टिङमा भने प्रकाश दाहालले केही पनि नलेखिकन छोराको तस्विर राखेका थिए । दाहालले आफ्नो फेसबुकको कभर फोटोमा बलिरहेको दीयो राखेका छन् । त्यहाँ उनी छोराका साथमा देखिन्छन् । र, उनले दशैं, तिहार र छठमा स्वदेश र विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुलाई दिएको शुभकामना नै जीवनको अन्तिम शुभकामना बन्न पुगेको छ ।

यो पनि पढ्नुस्

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

अपडेट : प्रचण्डपुत्र प्रकाश दाहाललाई ह्दयघात, नर्भिक अस्पतालमा आफन्तको रूवाबासी

प्रकाशित : 19 November, 2017

प्रतिक्रिया दिनुहोस्