केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रकाशको सुतेकै ठाउँमा मृत्यु, अस्पतालको रिपोर्ट आउन बाँकी

सहयात्रा टिभी

काठमाण्डौं । आज विहान मृत्यु भएका प्रचण्ड पुत्र प्रकाश दाहालको घरैमा निधन भएको प्रारम्भिक जानकारी आएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि चुनावी कार्यक्रमकै क्रममा चितवनबाट फर्किएका प्रकाश लाजिम्पाटस्थित आफ्नै निवासमा सुतेको पारिवारिक स्रोतले जनाएको छ । केहि दिनदेखि केहि अस्वस्थ देखिएका प्रकाशले शुक्रबार राति ८ बजेतिर आफूलाई सामान्य ज्वरो आएको बताएका थिए ।

श्रीमति बिना चुनावका कारण कञ्चनपुरमा रहेका कारण आमा सीता र भाञ्जीहरु मात्र घरमा रहेका थिए । अन्य दिन चाँडै उठ्ने प्रकाश आज विहान ढिलो उठेपछि आमा सीताले उठाउन जाँदा प्रकाश चलमल नगरेपछि हातले घच्घचाइन् । प्रकाशको होश गुम भएको पाएपछि सन्तु दराई (परवाना) को सहयोगमा विहान ६ बजेतिर नर्भिक अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउँदासम्म प्रकाशको प्राण पखेरु उडिसकेको पारिवारिक स्रोतबाट जानकारी प्राप्त भएको छ ।

बेलुका ज्वारो आयो भनेपछि कोठा छिरेका प्रकाशले राति मोवाइलबाट फेसबुक नचलाएको पाइएको छ । प्रकाशका बुबा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चुनावी कार्यक्रमका लागि झापामा रहेकाले उनी आएपछि अस्पतालले मृत्युको औपचारिक घोषणा गर्ने जनाइएको छ । अस्पतालले मृत्युको औपचारिक घोषणाका लागि पत्रकार सम्मेलनको तयारी गरिरहेको जनाएको छ ।

प्रकाशित : 19 November, 2017

प्रतिक्रिया दिनुहोस्