प्रकाशको निधनप्रति प्रधानमन्त्री देउवाद्धारा श्रद्धाञ्जली व्यक्त

सहयात्रा टिभी

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधनप्रति प्रधानमन्त्री शेरबहादुरले दुःख व्यक्त गरेका छन् ।

उनले प्रकाशको अल्पायुमै भएको निधनको खबरले आफू मर्माहत बनेको ट्वीट सार्वजनिक गर्दै समवेदना प्रकट गरेका छन् । यस्तै नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पनि प्रकाशको निधनको खबरले आफू दुःखी बनेको बताएका छन् । चुनावी कार्यक्रममा गोरखा रहेका भट्टराई आफू काठमाण्डौं आउन लागेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रकाशको मृत्युपछि ट्वीटरबाट श्रद्धाञ्जली व्यक्त गर्दै प्रकाश व्यक्तिगत रुपमा असल मान्छे रहेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : 19 November, 2017

प्रतिक्रिया दिनुहोस्