केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दाहालको गृह जिल्लामा चुनावी कार्यक्रम स्थगित

सहयात्रा टिभी

चितवन । नेकपा माओवादीका केन्द्रीय सदस्य प्रकाश दाहालको निधनप्रति शोक व्यक्त गर्दै उनको गृह जिल्ला चितवनमा आज दलहरुले सबै चुनावी कार्यक्रम स्थगित गरेका छन् ।

नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको निधनले चितवन क्षेत्र नं ३ स्तब्ध बनेको हो । अध्यक्ष दाहालको गृह जिल्ला र चुनावी क्षेत्र भएकाले प्रकाशको निधनसँगै यहाँका सर्वसाधारण दुःखित भएका छन् । चुनावी प्रचार अभियान भइरहँदा प्रकाशको निधनसँगै वाम र लोकतान्त्रिक गठबन्धनले आज सबै चुनावी प्रचारका कार्यक्रम स्थगन गरेका छन् ।
प्रकाश २०३८ साल जेठ १८ गते चितवनको भरतपुर महानगरपालिका–१४ भीमसेननगरमा जन्मिएका हुन् । उनको बाल्यकाल चितवनमै बितेको थियो । उनी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला स्वकीय सचिव भएर काम गरेका थिए । द्वन्द्वकालमा भूमिगत रहेर बुवासँगै उनीले राजनीति शुरु गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष दाहालसँग चुनावी प्रतिष्पर्धामा रहेका लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले दाहाल परिवारमा परेको पीडाप्रति आफू मर्माहत भएको जनाउँदै आज घरदैलो र चुनावीसभाका सबै कार्यक्रम स्थगन गरिएको बताए । पाण्डेको क्षेत्र नं ३ अन्तर्गत भरतपुर महानगरपालिका–२१ को पार्वतीपुर र २६ को दिव्यनगरमा आज घरदैलो र चुनावीसभाका कार्यक्रम थिए । प्रकाशको निधनको खबर पाउना साथ सबै कार्यक्रम स्थगन गरिएको उनले बताएका छन् ।
त्यस्तै वाम गठबन्धनले जिल्लाका तीन वटै क्षेत्रमा आज गर्ने भनेको घरदैलो र चुनावीसभाका कार्यक्रम सबै स्थगन गरिएको माओवादी केन्द्र चितवनका इञ्चार्ज ईश्वरी भट्टराईले बताएका छन् ।

प्रकाशित : 19 November, 2017

प्रतिक्रिया दिनुहोस्