निर्वाचन कार्यालयको नाकैमुनि सकेट बम !

सहयात्रा टिभी

काठमाण्डौं । सरकारले आसन्न निर्वाचनका लागि सबैखाले सुरक्षा व्यवस्था मिलाइसकेको दावी गरिरहेका बेला आइतबार जिल्ला निर्वाचन कार्यालय धादिङ परिसरमै सकेट बम फेला परेको छ ।

प्रहरीको लगातारजसो निगरानी रहने कार्यालयको गेटमै अज्ञात समूहले राखेको सकेट बम फेला परेपछि सरकारले भन्दै आएको निर्वाचन सुरक्षामा संशय पैदा भएको छ । कार्यालयको गेटमै राखिएको बम नेपाली सेनाको सहयोगमा निस्क्रिय पार्ने काम भइरहेको प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । सकेट बम चुनाव बहिष्कार गर्ने समूहले राखेको केसीको भनाइ छ ।

प्रकाशित : 19 November, 2017

प्रतिक्रिया दिनुहोस्