१० थान मूर्तिसहित समातिए दुई चिनियाँ नागरिक

सहयात्रा टिभी

काठमाण्डौं । १० थान अवैध मूर्तिसहित दुई चिनियाँ नागरिक आइतबार पक्राउ परेका छन् ।
चिनियाँ नागरिक जिन ज्याओछेङ र वाङ छेनछुङलाई त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलको होल ब्यागेज स्क्रिनिङका क्रममा उनीहरुको साथमा रहेको कालो रङ्गको झोलामा ती मूर्तिहरुसहित पक्राउ गरिएको हो ।

उनीहरु चाइना इस्टर्न एयरलाइन्सको उडानद्वारा काठमाण्डौंबाट चीनको कुमिङ जान लागेका थिए उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 19 November, 2017

प्रतिक्रिया दिनुहोस्