सबैलाई रुवाएर बिलाए प्रकाश (भिडियोसहित)

सहयात्रा टिभी

काठमाण्डौं । आइतबार असामयिक निधन भएका नेकपामा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश दाहाल परिवार, पार्टी नेता–कार्यकर्ता र शुभचिन्तकलाई रुवाउँदै हामीमाझबाट बिदा भएका छन् ।

आइतबार विहान निधन भएका नेकपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का एक्लो छोरा प्रकाशको पशुपतिस्थित आर्यघाटमा अन्तिम सँस्कार गरिएको थियो । प्रकाशलाई प्रचण्ड स्वयम्ले दागवत्ति दिएका छन् ।

त्यसअघि उनको शरीरलाई पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । पार्टी कार्यालयमा राखिएका उनको पार्थिव शरीरमा माओवादी केन्द्रका अध्यक्ष एवम् बुबा प्रचण्डले पार्टीको झण्डा ओढाएका थिए । प्रकाशको मृत्यु भएको भनिएको नर्भिक अस्पतालदेखि आर्यघाटसम्म विभिन्न पार्टीका नेता–कार्यकर्ता, परिवारजन, आफन्त र शुभचिन्तकको भीड लागेको थियो । प्रकाशको असामयिक मृत्युले सबैको आँखा रसाएका थिए ।

स्वास्थ्य अवस्था नाजुक भएपछि आइतबार विहान ५ बजे नै प्रकाशलाई अस्पताल ल्याइएको भए पनि त्यो भन्दा तीन घण्टा अघि नै उनको मृत्यु भइसकेको नर्भिक अस्पतालका डा. यादव भट्टले बताएका छन् । प्रकाशका दुई पत्नी सिर्जना दाहाल र बिना दाहाल र दुई छोरा छन् । प्रकाशको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नयाँशक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राप्रपाका अध्यक्ष कमल थापा, पूर्व राजा ज्ञानेन्द्र शाहलगायतले शोक व्यक्त गरेका छन् ।

केहि दिनयता लाजिम्पाटस्थित घरमा आमा सीता दाहाल र भाञ्जीसँग रहेका प्रकाशले शनिबार बेलुका आफूलाई सामाान्य ज्वरो आएको बताएका थिए ।
प्रचण्डको दाहिने हात मानिंदै आएका प्रकाश प्रचण्ड प्रधानमन्त्री बनेका बेला स्वकीय सचिव बनेर काम गरेका थिए । २०३८ सालमा जन्मिएका प्रकाश जनयुद्धकालमा प्रचण्ड भूमिगत रहेका बेला पनि सहयोगीको रुपमा काम गर्दै राजनीतिमा सक्रिय थिए ।

प्रकाशित : 19 November, 2017

प्रतिक्रिया दिनुहोस्