नेपाल प्रशासन सेवामा रिक्त दुई सचिवका लागी चार सहसचिवको नाम सिफारिस

काठमाडौं । नेपाल प्रशासन सेवामा रिक्त रहेका दुई सचिवका लागि सचिव पदमा बढुवा सिफारिस समितिले चार वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा सिंहदरबारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले दुई सचिवका लागि चार सहसचिवको नाम सिफारिस गरेको हो । निजामती सेवा ऐन अनुसार रिक्त रहेको पद मध्ये २० प्रतिशत जेष्ठताका आधारमा वरिष्ठ सहसचिव सुरेश प्रधानलाई स्वतह सचिवमा बढुवा हुने गरी सिफारिस गरिएको छ ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानलाई स्वत सचिवमा बढुवा गर्ने छ । यसैगरी रिक्त रहेको अर्को एक पदमा कार्यसम्पादन मुल्याङकन र जेष्ठताको आधारमा रिक्त रहेको पदको तेब्बर संख्यामा सिफारिस गर्ने प्रावधान अनुसार सहसचिव लक्ष्मीराम पौडेल, बुद्धिबहादु खड्का र वैकुण्ठ अर्यालको नाम सिफारिस गरिएको छ ।