केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जिम्बाबेमा राजनीतिक संकट लम्बिने संकेत, मुगाबेलाई पदत्याग गर्न चौतर्फी दबाब

सहयात्रा टिभी

एजेन्सी । जिम्बाबेमा राष्ट्रपति रोबर्ट मुगाबेले आफू अझै सत्तामा रहिरहने बताइरहेका वेला सत्तारुढ जानु(पीएफ पार्टीले आफ्नो दलका संस्थापक नेता एवं राष्ट्रपति रोबर्ट मुगाबेलाई पार्टिको नेतृत्वबाट हटाउने पक्षमा मतदान गरेको छ। देशको नाममा सम्बोधन गर्दै राष्ट्रपति मुगाबेले आफू आउँदो महिना हुने सत्तरुढ पार्टीको बैठकमा भाग लिने र त्यसको नेतृत्व गर्ने पनि बताएका छन् । टेलिभिजन सम्बोधनको क्रममा राजीनाका सम्बन्धमा केही नबोलेका मुगाबेले एकअर्कासँग कटुता नराख्न नहुने बताएका छन् । मुगाबेको स्थानमा उनले दुई साता अघि पदमुक्त गरेका उपराष्ट्रपति एमरसन मनाङग्याग्वालाई पार्टीको नयाँ नेता चयन गरिएको छ। मुगाबेलाई हटाउने पक्षमा मतदान भएपछि दलका प्रतिनिधिहरुले नाचगान गर्दै खुसियाली मनाएका थिए।

सत्तारुढ जानु पीएफ पार्टीले मुगाबेले सत्ताको नेतृत्व सुम्पिन चाहेका उनकी श्रीमती ग्रेस मुगाबे र मुगाबेको गुटमा रहेका अन्य वरिष्ठ नेताहरुलाई पनि पार्टीबाट निकाल्ने निर्णय गरेको छ।

मुगावेलाइ पार्टीको नेताबाट बर्खास्त गर्दै राष्ट्रपतिबाट राजीनामा दिन २४ घण्टाको अल्टिमेटम दिएको थियो । यो अवधिमा राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी पनि दिइएको छ ।

लामो समयदेखि सत्ता रहँदै आएका मुगावेको शक्ति गएको बुधबार सेनाले हस्तक्षेप गरेपछि भने कमजोर भएको छ । मुगाबेपछि सत्ताको बागडोर कसले सम्हाल्ने भन्ने विषयमा विवाद चर्किँदै गएका बेला सेनाले हस्तक्षेप गरेको थियो । मुगाबे आफ्नी श्रीमती ग्रेस मुगाबेलाई आफूपछिको उत्तराधिकारीको रुपमा अघि ल्याउने प्रयासमा लागेपछि सत्तारुढ पार्टीमा विवाद बढेको थियो ।

चेतावनी
जानु(पीएफ पार्टीले ९३ वर्षिय मुगाबेलाई सोमबार सम्ममा राष्ट्रपति पदबाट राजीनामा नदिए महाअभियोगको सामना गर्न पनि भनेको छ।

प्रकाशित : 20 November, 2017

प्रतिक्रिया दिनुहोस्