केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दलहरुको अन्तिम बन्दसूची सार्वजनिक

सहयात्रा टिभी

काठमाण्डौं । दलहरुले आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ बुझाएको नामावलीको बन्दसूची सार्वजनिक भएको छ । निर्वाचन आयोगले दलहरुले बुझाएको बन्दसूचीको नामावली आज सार्वजनिक गरेको हो ।

३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ दलहरुले बुझाएको नामावलीको अन्तिम सूची सार्वजनिक गरेको छ । बन्दसूचीमा प्रतिनिधिसभा सदस्यतर्फ दुई हजार २७३ उम्मेद्वार कायम भएका छन् । यस्तै सात वटै प्रदेशका समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रदेशसभा सदस्यका लागि तीन हजार ५६५ उम्मेद्वार कायम छन् ।

जस अनुसार प्रदेश नं. १ मा ५७७, प्रदेश नं. २ मा ८०४, प्रदेश नं. ३ मा ७७४, प्रदेश नंं ४ मा ३१९, प्रदेश नं. ५ मा ६०४, प्रदेश नं. ६ मा २०६ र प्रदेश नं. ७ मा २८१ उम्मेद्वार कायम रहेका छन् । अन्तिम रुपमा सार्वजनिक गरिएको बन्दसूचीमा यसअघि प्रारम्भिक बन्दसूचीमा रहेका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेद्वारहरुमध्ये २५६ जना उम्मेद्वारको नाम हटेको छ ।

प्रारम्भिक सूचीमा रहेकाहरुमाथि परेको उजुरीका आधारमा २५३ जनालाई आयोगले उम्मेद्वार बन्न अयोग्य ठहर गरेको छ । बाँकी तीन जनाले आफैं उम्मेद्वारी फिर्ता लिएको आयोगले जनाएको छ । दलहरुले गत असोज २९ गते पेश गरेका उम्मेद्वारहरुको बन्दसूचीको प्रारम्भिक विवरण आयोगले गत कात्तिक १७ गते सार्वजनिक गरेको थियो । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ राजनीतिक दलका र प्रदेशसभा सदस्यका लागि ५३ राजनीतिक दलका गरी जम्मा ६ हजार ९४ उम्मेद्वारहरु बन्दसूचीमा समावेश भएको प्रारम्भिक विवरण रहेको थियो ।

प्रकाशित : 20 November, 2017

प्रतिक्रिया दिनुहोस्