विजुली बाल्ने चरणमा चमेलिया

सहयात्रा टिभी

काठमाण्डौं । चमेलिया जलविद्युत आयोजनाबाट बिजुली चरणमा पुगेको छ । बिजुली बाल्नु पूर्व आयोजनाले १३२ केभी प्रशारण लाइन निर्माण गरिसकेको छ र त्यसमा आउँदो बिहीबारदेखि विजुली छोडिने भएको छ ।

दार्चुलाको शैल्य शिखर नगरपालिका वडा नम्बर–१ बलाँचदेखि बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको अत्तरियासम्म प्रशारण लाइन निर्माण गरिएको छ । ४१२ वटा टावर रहेको यो प्रशारण लाइनमा विद्युत प्रवाह गर्नुअघि आयोजनाले सार्वजनिक सूचना निकालेर टावर, तार वा अन्य संरचना छुने वा चढ्ने काम नगर्न आग्रह गरेको छ । यो आग्रह गर्दागर्दै पनि कसैले बर्जित क्रियाकलाप गरेर दुर्घटना भएमा आयोजना जिम्मेवार नहुने सूचनामा उल्लेख छ ।

प्रकाशित : 20 November, 2017

प्रतिक्रिया दिनुहोस्