केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नौ महिनापछि नेपाल फर्किए लोकमान

सहयात्रा टिभी

काठमाण्डौं । सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की नौ महिनापछि सुटुक्क क्यानडाबाट नेपाल आएका छन् ।

कार्की अब क्यानडा नफर्कने गरी नेपाल आएको समाचार स्रोतले जानकारी दिएको छ । कार्कीसँगै श्रीमती सुनिता पनि नेपाल फर्किएको स्रोतले बतायो । उनीहरु मंसिर १ गते नै दिल्लीको बाटो हुँदै नेपाल आएका हुन् ।

अख्तियारको प्रमुख आयुक्तबाट पदमुक्त भएसँगै कार्की क्यानडा हानिएका थिए । २०७३ पुस २४ गते सर्वोच्च अदालतले कार्कीको योग्यतासम्वन्धी मुद्दा पुनरावलोकनमार्फत नियुक्ति बदर गरेकोकोफैसला गरेको थियो । अदालतको फैसला कार्यान्वयनसँगै २०७३ माघमा कार्की नयाँ दिल्ली हुँदै क्यानडा प्रस्थान गएका थिए ।

प्रकाशित : 20 November, 2017

प्रतिक्रिया दिनुहोस्