सेक्सप्रति रुची हरायो ? यस्तो हुनसक्छ समस्या
ए सेक्सुअल त्यस्ता मानिसलाई भन्ने गरिन्छ, जसलाई कसैप्रति पनि यौन आकर्षण महसुस नै हुँदैन । ए सेक्सुअलिटी भारतका सहसंस्थापक पूर्णिमा कुमारका अनुसार, जसरी केही व्यक्ति विपरीत लिङ्गीमा रुची राख्छन् (हेट्रोसेक्सुअल), केही व्यक्ति समान लिङ्गीप्रति आकर्षित हुन्छन् (होमोसेक्सुअल), ठिक त्यसरी नै केही व्यक्ति यस्ता पनि हुन्छन् जो कसैप्रति पनि यौन आकर्षण महसुस गर्दैनन् त्यस्ता व्यक्ति ए सेक्सुअलमा पर्दछन् ।
एसेक्सुअलिटी इण्डिया एउटा अनलाइन पोर्टल हो, जुन भारतका एसेक्सुअलहरुलाई आफू जस्तै अन्यसँग परिचित गराउने काम गर्दछ । कुराकानीमा पूर्णिमाले बताए कि यद्यपि एसेक्सुअलिटीका अधिकांश घटना ठूला शहरमा देखापरेको छ । पूर्णिमाका अनुसार एसेक्सुअलिटीको अर्थ यो होइन कि यस्ता मानिस सेक्स गर्न सक्दैनन् । शारीरिक रुपमा पूर्ण फिट भएर पनि यस्तो हुन सक्दछ कि कसैप्रति सेक्स गर्ने रुची नहोस् र यो यस्ता व्यक्तिका लागि बिल्कुलै सामान्य हो ।
शारीरिक सम्बन्धका चार चरण
सेक्सुअल मेडिसिनका सल्लाहकार तथा पद्यश्रीबाट सम्मानित डा. प्रकाश कोठारी भने यो कुरामा सहमत छैनन् । उनका अनुसार यो जेनेटिक स्ट्रक्चर हो । बाँकी यौन रुझान जस्तै यो पनि जन्मजात हुने गर्दछ । कोठारीले एसेक्सुअल मानिस शारीरिक सम्बन्ध राख्न नसक्ने र सन्तान जन्माउन नसक्ने भन्ने कुरा गलत भएको बताए । तर, उनीहरुमा यस्तो चाहना नै नहुने उनको भनाइ छ । डाक्टर कोठारीका अनुसार शारीरिक सम्बन्धका चार चरण हुने गर्दछन्–इच्छा, उत्तेजना, प्रवेश र चरमोत्कर्ष । एसेक्सुअल मानिसमा पहिलो चरण अर्थात इच्छा नै हुँदैन ।
त्यसैले शारीरिक सम्बन्ध कायम गरेकै खण्डमा पनि एसेक्सुअल पार्टनरको सहयोग पाउन कठिन हुने गर्दछ । चर्चित क्लिनिकल साइकोलजिस्ट अरुणा ब्रुटाका अनुसार यौनप्रति रुची नहुने सबै घटना एसेक्सुअलिटी नै हो भन्न सकिन्न । डाक्टर ब्रुटाका अनुसार कतिपय अवस्थामा जीवनशैलीसँग सम्बन्धित डिसअर्डर जस्ता हर्मोनल असन्तुलन, थायरायड, डायबिटिज वा शुक्राणुको कामीका कारण पनि यौनप्रतिको रुचीमा असर पर्न सक्दछ ।
यदि तपाईलाई पनि यस्तो भएको महसुस भए तपाईले तत्कालै युरोलजिस्टको सुझाव लिनु उपयुक्त हुनेछ । यदि सबै टेस्ट नर्मल छ भने कुनै साइकोलजिस्ट भेटेर पर्सनैलिटी टेस्ट गराउनु उपयुक्त हुनेछ । यौन रुझान जान्नका लागि यो उत्तम तरिका हो ।